देशभर आज १ हजार १ सय ५८ जना कोरोना संक्रमित थपिए

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौँ । देशभर आज १ हजार १ सय ५८ जना कोरोना संक्रमित थपिएका छन् ।

११ हजार ६ सय ७२ वटा नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा ९ सय ४ जना तथा २ हजार ३ सय ३१ वटा नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५४ जना गरी जम्मा १ हजार १ सय ५८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा कोरोना सङ्क्रमणबाट १ हजार ३ सय १८ जना मुक्त भएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर  ९६ दशमलव ३ प्रतिशत रहेको छ ।

आज कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

देशभरिका होम आइसोलेसन र संस्थागत आइसोलेसनमा गरी जम्मा १८ हजार ४ सय २२ जना सक्रिय सङ्क्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

जसमा ३ सय ६४ जनाले आइसियु र १ सय २० जनाले भेन्टिलेटरमा उपचार गराइरहेको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड