nepal telicom

विङ्गर र बस एक आपसमा जुध्दा नौ जना घाईते

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरमा बस र विङ्गर एकआपसमा ठोक्किएका छन् । रुकुमबाट काठमाडौं जाँदै गरेको बा ४ ख २४४८ नम्बरको बस र लु १ ज ३००६ नम्बरको विङ्गर ठोकिँदा नौ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलीप कार्कीले बताए ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । विङ्गर चालक बाणगंगा नगरपालिका–८ का सुदन क्षेत्री र नाम नखुलेका सहचालक गम्भीर घाइते भएक छन् ।

बसमा सवार रुकुमका पवन घर्ती मगर र अर्जुन बुढा मगरको अवस्था पनि गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ । बाँकी घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

 

adb bank long