nepal telicom

आजबाट काठमाडौमा १८ वर्ष माथिकालाई खोप दिईदै, यी हुन केन्द्र

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ । तीन दिनसम्म चल्ने खोप कार्यक्रमअन्तर्गत १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिएका छन् ।

खोप प्रदान गर्न काठमाडौंका १२ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

adb bank long