हेटौंडा । नेकपा एमालेबाट चोईटिएर बनेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केही दिनमै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । हिजो हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश–१ को सरकार फेरबदलमा लाग्ने जानकारी दिए । हाल बागमती र प्रदेश–१ मा नेकपा एमाले नेतृत्वको सरकार छ ।
उनले आफ्नो पार्टी देशलाई परिवर्तनको दिशामा हिंडाउन, लोकतन्त्रलाई जोगाउन र देशको प्रतिष्ठा बचाउनमा क्रियाशील हुने बताए । ‘नेकपा ९एकीकृत समाजवादी० पनि यो सरकारमा सहभागी हुनेछ । यो देश हाँक्ने छ । यो देशलाई परिवर्तनको दिशामा अगाडि बढाउने छ । हाम्रो चिन्ता लोकतन्त्रलाई जोगाउने हो । जनताको सेवा गर्ने हो । देशको इज्जत र प्रतिष्ठा बचाउने हो’, उनले भने ।
अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनका बीचमा सहकार्यको संस्कृति विकास गर्ने पनि बताए । गठबन्धनसँग मिल्दै प्रदेशमा पनि संयुक्त सरकार चलाउने उनको भनाइ छ । अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए ।
नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको व्यक्ति भएको आरोप लगाए । उनले ओलीले तानाशाही प्रवृत्ति देखाएकोले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने दाबी गरे ।
‘हामीले एमालेभित्र रहँदा उनको कमजोरी र गलत कार्यको विरुद्धमा पटक पटक आवाज उठायौं तर, आलोचना गर्नेलाई सिध्याउने नीति ओलीले लिए’, उनले भने, ‘आलोचना गरेका कारण हामीलाई सिध्याउन कारबाही गरेर पार्टीमा एकलौटी रुपमा अघि बढ्ने नीति लिइयो, हामीले त्यसैविरुद्ध विद्रोह गरेका हौं ।’
यता नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादु देउवा भने अझै लममलमा परिररहेका छन् । उनले आफू प्रधानमन्त्री भएको दुई महिनासम्म मन्त्रीपरिषदलाई पूर्णता दिन सकिरहेका छैन्न ।