nepal telicom

नेकपा एमालेको वैठक आज पनि बस्दै,यस्ता छन् एजेण्डा

स्वास्थ्य सूचना

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्नेभएको छ ।

गत शुक्रबारबाट ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा सुरु भएको बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल चलिरहेको छ।

आजको बैठकमा विधान महाधिवेशनमा पेश गरिने ति प्रस्तावमा छलफल गर्न गठित दशबटा समूहले छलफल गरेपछि टोली नेताले रिपोर्ट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठक छलफल भइरहेको हो।

बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।

 

adb bank long