nepal telicom

नेपाल राष्ट्रिय केन्पो खुकुरी च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

काठमाडौ । नेपाल राष्ट्रिय केन्पो खुकुरी संघको आयोजनामा नेपाल राष्ट्यि केन्पो खुकुरी च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ ।

आज राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

प्रतियोगितामा बागमती प्रदेश प्रथम भएको छ । बागमतीले सबैभन्दा धेरै पदक हात पारेको छ । बगमतीले ६ स्वर्ण र ४ रजत हात पारेको छ । यस्तै दोस्रोमा सूदुरपश्चिम प्रदेशले बाजी मारेको छ । उक्त प्रदेशले ६ स्वर्ण हात पारेको छ । यस्तै तेस्रोमा कर्णली प्रदेश आएको छ । जसले ३ स्वर्ण हात पारेको छ ।
कार्यक्रम राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रमको सभापतित्व संघका राष्ट्रिय अध्यक्ष पूर्णप्रसाद पाण्डे रहेका थिए ।

adb bank long