राष्ट्रिय केन्पो खुकुरी मार्शल आर्टस च्याम्पियन प्रतियोगिता आजबाट शुरु

शाईन रेसुङ्गा बैंक लिमिटेड
राष्ट्रिय बाणिज्य बैंक

काठमाडौ । नेपाल केन्पो खुकरी मार्शल आर्टस संघको आयोजनामा आजबाट राष्ट्रिय केन्पो मार्शल आर्टस च्याम्पियन प्रतियोगिता हुने भएको छ । अहिले बिहान ९ बजे उद्घाटन कार्यक्रम रहेको छ । जसको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले गर्नेछन् ।
संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेका अनुसार प्रतियोगितामा सातै प्रदेशबाट करिब १ सय खेलाडीको सहभागिता रहको छ । विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने छ । फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी काताअन्तर्गत विभिन्न स्पर्धामा खेल खेलाइने छ ।

फुल र सेमि केन्पोअन्तर्गत विभिन्न तौलसमूहमा खेल खेलाइने छ । सेल्फ डिफेन्सतर्फ प्रदर्शनी खेल मात्र हुने बताईएको छ ।

 

डिस होम
Rastra bank
शाईन रेसुङ्गा बैंक लिमिटेड