ओलीले गठबन्धन दललाई भने -एमालेसँग प्रतिस्पर्धा गरेर देखाउनुस्

Telecom

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दललाई एमालेसँग प्रतिष्पर्धा गरेर देखाउन चुनौती दिएका छन्। काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले जस्तो ठूलो दलसँग एक्ला एक्लै प्रतिष्पर्धा गर्न कठिन हुने भन्दै गठबन्धन दलहरूलाई नै एमाले विरुद्ध लडन चुनौती दिएका हुन्।

ओलीले भने, ुदुई दुई महिनासम्म मन्त्री बनाउन नसक्ने गठबन्धनको एमालेसँग लड्ने हिम्मत ? आए हुन्छ एमालेसँग लड्न।’ नेकपा माओवादी केन्द्र प्रचण्डको गुट भएको ओलीले आरोप लगाए।

‘प्रचण्डको पार्टीमा भएका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतका वरिष्ठ नेताहरु एमालेमा हुनुहुन्छु, अध्यक्ष ओलीले भने, ुउहाँहरु मन्त्री र संसद पद छाडेर एमालेमा आउनु भएको छ। तर अहिले केही व्यक्ति मन्त्री बन्नकै लागि एमाले छाडेर गएका छन्।’ अध्यक्ष ओलीले आफूहरु विजय यात्रमा रहेको समेत जिकिर गरे।

adb bank long