काठमाडौ । एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको महासचिवमा बेदुराम भुषाल चयन हुने भएका छन् । उनलाई महासचिव बनाउमा सचिवलय बैठकमा सहमति जुटेको बतइृन्छ । महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।
तर भुषालले महासचिव बन्ने मौका पाएका छन् । भुषाललाइ आज बस्ने पार्टीको केन्द्रीय कमिटीको बैठकमा पेस गरिने र घोषणा गरिने बताईएको छ । मंगलबार देखि शुरु भएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।