nepal telicom

मन्त्रीपरिषदलाई पूर्णता दिनका लागि गठबन्धनको बैठक बस्दै

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ। मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्नका लागि सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठक आज बस्दैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा आज अपरान्ह बस्ने बैठकमा मन्त्रिपरिषद विस्तारलाई अन्तिम रुप दिनेगरी छलफल हुन लागेको हो । यसअघि हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो ।

हिजोको बैठकमा सहभागी एक नेताले आजको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल गर्ने निर्णय नभएको बताए ।

हिजोको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)( का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु उपस्थित भएका थिए ।

 

adb bank long