पौडेलले खोजे मन्त्रीपरिषदमा भागबण्डा, सोधे हामीलाई कति मन्त्री दिने ?

Telecom

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेसको बुधबार सिंहदरबारमा बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता पौडेलले सभापति शेरबहादुर देउवासँग आफूहरुले कित मन्त्री पाउने हो भनेर प्रश्न गरेका छन् ।

मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ भइरहेको विषयमा कुरा राख्दा अरू दलहरुलाई मिलाउँदा ढिलाइ भएको भन्दै प्रधानमन्त्री देउवा पन्छिने गरेको आरोप लगाउँदै नेता पौडेलले पदाधिकारी बैठकमा सभापति देउवासँग ‘कांग्रेसबाट आफ्नो गुटको चार मन्त्री नियुक्त गरेपछि हाम्रो भागमा कति मन्त्री पर्छ ?’ भनी सोधेका थिए ।

बैठकमा वरिष्ठ नेता पौडेलले झोक्किँदै सभापति देउवामाथि सरकारमा मनपरी गरेको, जारी अधिवेशनमा धाँधली गरेको जस्ता आरोप लगाएका थिए ।

बैठकपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले भने– ‘बैठकमा मैले सरकार सञ्चालनमा मनपरी भएको, अधिवेशनमा पनि धाँधली भएको, क्रियाशील सदस्यता विवादमा पनि आफ्नो पक्षको असहमति हुँदाहुँदै जबरजस्ती निर्णय गरेको जस्तो विषयमा कुरा राखें ।’ उनले बैठकमा आफू आक्रोशित ढंगले प्रस्तुत भएपछि बैठकको अध्यक्षता गरिरहनुभएका सभापति देउवा जुरुक्क उठेर बाहिरिएको बताए ।

क्रियाशील सदस्यता विवादका कारण कांग्रेसको १३ वटा जिल्लामा अझै वडा अधिवेशन शुरु हुन सकेको छैन । क्रियाशील सदस्यतासम्बन्धी पौडेल पक्षको असहमति हुँदाहुँदै सभापतिको गृहजिल्ला डँडेलधुरामा एकलौटी तरिकाले वडा अधिवेशन गरिएको थियो ।

क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी १३ जिल्लाको विवाद असोज ९ गते अगाडि टुंगाउने र दशैंअघि गाउँरनगर अधिवेशन मात्र गर्ने गरी अघि बढ्नुपर्ने पौडेल पक्षको भनाइ छ । यसअघिको कार्यतालिकाअनुसार असोज १८ सम्म जिल्ला अधिवेशन गर्ने तय भएको थियो ।
पदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले वडा अधिवेशन सम्पन्न भएको ६४ जिल्लामा असोज ९ गते गाउँरनगर अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए ।

 

adb bank long