माओवादीको स्थायी कमिटीको बैठक बस्दै, मन्त्रीको नाम आजै टुङ्गो लगाउने तयारी

Telecom

काठमाडौ। सत्ता गठबन्धनका घटक पार्टी नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको माओवादी श्रोतले बताएको छ ।

आज बोलाईएको बैठकमा मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्ने बताईएको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

त्यही अनुसार कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठक आज बस्दै छ । गत असार २९ गते सरकारको नेतृत्व सम्हालेका कांग्रेस सभापति देउवाले २० दिनसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

 

adb bank long