उपेन्द्रको असहमतीका बीच देउवाले बनाए खड्कालाइ परराष्ट्रमन्त्री

Telecom

काठमाडौ । सत्तारुढ गठबन्धनले कांग्रेस नेता डा. नारायण खड्कालाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बनाएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बिरोधका बीच देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका हुन । उनलाई आज सपथग्रहण गराउने कार्यक्रम रहेको छ । हिजो
खड्कालाई मन्त्री बनाउने विषयमा हिजो साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका चार शीर्ष नेताको बैठकले यस्तो सहमति जुटाएको बताईन्छ ।

सरकार बनेको अढाई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेर चर्को आलोचनामा परेका प्रधानमन्त्री देउवाले गठबन्धनका अन्य नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवको सहमतिमा खड्कालाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन् ।
असार २९ मा प्रधानमन्त्री बनेका देउवाले त्यसै दिन कांग्रेसबाट २ र माओवादीबाट २ जनालाई मन्त्री बनाएका थिए । त्यसपछि साउन १० उमेश श्रेष्ठलाई स्वास्थ्य राज्य मन्त्री बनाएका देउवाले ६ सदस्यीय मन्त्रिपरिषदमा खड्कालाई थप्न लागेका हुन् ।

गठबन्धन सरकार संयुक्त राष्ट्रसंघीय महासभाको साइड लाइन मिटिङका लागि परराष्ट्र मन्त्री नियुक्त गर्नुपर्ने दबाबमा थियो । न्यूयोर्कमा सार्क राष्ट्रका विदेशमन्त्रीको भेला पनि हुँदैछ । त्यसका लागि परराष्ट्र मन्त्री आवश्यक पर्छ ।

मंगलबार नै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रसंघको महासभामा सहभागिता जनाउन प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको थियो । खड्कालाई आज ९बुधबार० नै मन्त्रीको सपथ खुवाउने तयारी छ । अर्को हप्ता नेपाली टोली महासभामा भाग लिन न्यूयोर्क जाने छ । गठबन्धनमा यसअघि नै परराष्ट्र मन्त्री नियुक्तिबारे छलफल भएको थियो । खड्कालाई देउवाले सुरुमै मन्त्री नियुक्त गर्न चाहेका थिए ।

तर गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवसहितले पनि परराष्ट्रमा दाबी गरेपछि कुरा मिलेको थिएन । अन्ततः देउवाले आफ्ना एक जना विश्वासपात्रलाई परराष्ट्रमन्त्री बनाउन लागेका हुन् ।

 

प्रोटोन एजुकेसन
adb bank long