गोकुल बाँस्कोटाले माधव नेपाललाई यसरी दिए शीतको संज्ञा

Telecom

पोखरा । पूर्वसञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीबाट छुट्टिएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधव नेपाललाई घाम उदायपछि सुकेर जाने शीतको संज्ञा दिएका छन् ।

 

पोखरामा पत्रकारहरूसँग कुरा गर्दै नेता बास्कोटाले भने, ‘माधव नेपालको पार्टीको अस्तित्व घाम नझुल्किदासम्मको शीत जस्तो हो, घाम झुल्किएपछि सकिन्छ ।’

चुनाव भएपछि माधव नेपालको अस्तित्व सकिने उनको भनाइ थियो । भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू एमालेमा फर्कने उनको दावी छ । माधव नेपाल पार्टीद्रोही भएको आरोप उनले लगाए ।

पार्टी फुटेको नभइ काचुँली फेरेको भन्दै उनले भने, ‘नेकपाले काँचुली फेरेको छ, कोईली कराउँदै गर्दा पार्टीले नयाँ पालुवा फेर्छ ।’अध्यादेशले बनाएको पार्टी र परमादेशले बनाएको सरकारले काम गर्न नसक्ने बास्कोटाले बताए । एमसीसीमा आफूहरू सकारात्मक भए पनि देशको राष्ट्रियता खल्बलाउने खालको सहमति एमालेलाई मान्य नहुने उनको भनाइ छ ।

adb bank long