कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरुले आक्रमण गर्दा एक जना सशस्त्र प्रहरी जनवा घाईते भएका छन् । उनीहरुले सशस्त्र प्रहरीको गस्ती टोलीमाथि आक्रमण गरेका थिए।
सोमबार राति तस्कारहरुले ढुंगामुढा गर्दा एक जना सशस्त्र प्रहरी जवान घाइते भएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए। घाइतेको हात र पाखुरामा सामान्य चोट लागेको छ।
प्रहरी उपरीक्षक ऐरका अनुसार ७÷८ जनाको संख्यामा मोटरसाइकलमा भारतबाट समान ल्याएर आउने क्रमममा गस्ती टोलीले तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा ढुंगामुढा भएको हो।
भारतीय प्रहरीले गस्तीमा रहेका जवानमाथि ढुंगामुढा प्रहार गर्नेहरुको खोजी गरी कारवाही गर्ने अश्वासन दिएको ऐरले बताए। उनले भने, ‘तस्कहरुको भारतीय निकटबर्ती क्षेत्रका बासिन्दा भएको जानकारी पाएका छौं।’ घटना राति साढे १० बजे भएका हो।