nepal telicom

मन्त्रीपरिषदले छिट्टै पूर्णता पाउने प्रधानमन्त्री देउवाको उदघोष

स्वास्थ्य सूचना

काठमाडौ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिइने बताएका छन्।

उनले आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्किएका प्रधानमन्त्री देउवाले पत्रकारहरूको प्रश्नमा मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताएका हुन ।

‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उनले भने। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाएका छन्।

प्रधानमन्त्री देउवाले १७ मन्त्रालय आफैँसँग राखेका छन्। देउवाले सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग मन्त्रीका लागि नाम मागे पनि अहिलेसम्म नाम दिएका छैनन्। देउवा गत असार २९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।

 

adb bank long