काठमाडौ । नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि अहिले सुनुवाइ जारी छ । न्यायाधीश दीपक कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ भइरहेको अदालत प्रशासनले जनाएको छ ।
माधव नेपालसहित १४ संसदमाथिको कारवाही रोकेर पार्टी विभाजनमा निर्वाचन आयोग र सभामुखले सहयोग गरेको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । हाल सभामुख सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद अवरुद्ध गर्दै आएको छ । सभामुख सापकोटाले कारवाही गरेका सांसदहरुको सूचना सार्वजनिक नगरेको भन्दै मार्गप्रशस्त गर्न एमालेको माग छ ।