काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। आज दिउसो १ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने भएको हो।
विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे आज छलफल हुनेछ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीका अनुसार आज स्थायी कमिटीमा विधान महाधिवेशन तयारीबारे छलफल हुन्छ। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।
विधान संशोधनसम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदनलगायत प्रतिवेदन तयार पार्न छलफल भइरहेका छन्।