चीनबाट ल्याईएको भेरो सेल खोप सोमबारबाट लगाईदै

Telecom

काठमाडौ । चीनबाट खरिद गरेर शुक्रवार नेपाल आइपुगेको ४४ लाख मात्रा भेरो सेल खोप आगामी असोज ४ गते देखि १४ गतेसम्म वितरण गरिने अधिकारीहरूले बताएका छन्।

दुई मात्रा लगाउनुपर्ने उक्त खोप २२ लाख जनालाई दिन पुग्छ। एकै खेपमा नेपालमा भित्रिएको खोपको यो सबैभन्दा ठूलो परिमाण हो।

नेपालमा सम्म ६० लाख ५७ हजारले पहिलो मात्रा र ५४ लाख ७३ हजार नेपालीले पूर्ण मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

खोप अभियान कहिले ?

स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार चीनबाट ४४ लाख मात्रा खोप नेपाल आइपुगेको हो।

कतिपय प्रदेशहरूले टोली पठाएकाले त्यहाँबाट सोझै विभिन्न प्रदेशहरूमा खोप पठाइने उनले उल्लेख गरे।

खोप अभियान सञ्चालन गर्ने जिम्मेवारी पाएको परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार अहिले आएको खोप अर्को साताबाट वितरण गर्न थालिनेछ।

दाहाल भन्छन्, ‘हामी असोज ४ गते देखि १४ गतेसम्म पहिलो चरणको अभियान चलाउँछौँ। यसैको दोस्रो मात्रा कार्तिक ४ गते देखि १४ गतेसम्म हामी दिनेछौँ।’

उनले खोप वितरणको योजना पहिल्यै नै तयार पारिएको र जिल्लाहरूलाई अग्रूम रूपमा खोप वितरणको तयारी गर्न निर्देशन दिइएको जानकारी दिए।

खोप वितरणमा विगतका अभियानमा छुटेको समूह, उमेर र पेसा अनुसार प्राथमिकता क्रममा राखिएका समूहलाई खोप दिइने अधिकारीहरूले बताएका छन्।

अब १० वटा हिमाली जिल्लामा १८ वर्षभन्दा माथिको उमेर समूहका सबै नेपाली नागरिकलाई खोप वितरण गरिने अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालले राष्ट्रिय खोप सल्लाहकार समितिले खोप वितरणको ताजा अवस्थाको समीक्षा गरेर उक्त सुझाव दिएको बीबीसीलाई बताए।

उनका अनुसार प्रदेश र जिल्लागत तथ्याङ्कलाई विश्लेषण गरी यो निर्णय गरिएको हो।

सरकारले यसअघि नै मनाङ र मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकले खोप पाइसकेको बताएको छ।

कहाँ कसलाई खोप दिइँदैछ ?

डा। लालका अनुसार ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलाका खोप लगाउन बाँकी १८ वर्षभन्दा माथिका सबैलाई समेट्ने लक्ष्य राखिएको छ।

काभ्रे र चितवन जिल्लामा ३५ वर्षभन्दा माथिको उमेर समूहका सबैलाई खोप दिने योजना बनाइएको छ।

अबको खोप अभियानले काठमाण्डू, भक्तपुर, ललितपुर, रामेछाप, सर्लाही, मकवानपुर र अछाम जिल्लामा ४० वर्षभन्दा माथिका सबै नागरिकलाई समेट्ने उनले बताए।

उनले भने, ‘यी बाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका सबै नागरिकलाई खोप अभियानले समेट्छ।’

उनले यसअघिका खोप अभियानमा छुटेकाहरूलाई पनि प्राथमिकतामा राखेर खोप वितरण गरिने बताए।

डा। लाल थप्छन्, ‘अठार वर्षभन्दा माथिका सबै विद्यार्थी र यसअघिको अभियानमा छुटेका पर्यटकीय क्षेत्रका होटल व्यवसायी र खोप लगाउन छुटेका रेडक्रसका कर्मचारी तथा सक्रिय स्वयंसेवीलाई पनि खोप उपलब्ध गराउने भनेर अहिलेको अभियानमा हामीले लक्ष्य निर्धारण गरेका छौँ।’

सरकारले असोज मसान्तसम्म देशको एकतिहाइ जनसङ्ख्यालाई खोप उपलब्ध गराइसक्ने लक्ष्य राखेको छ।

परिवार कल्याण महाशाखाका प्रमुख डा। विवेककुमार लालले उक्त लक्ष्य पूरा हुने अपेक्षा आफूले गरेको बताए।

साथै १८ वर्षभन्दा माथिका सबै नेपालीलाई यसै वर्षभित्र खोप दिन सम्भव हुने विश्वास व्यक्त गरे।
चीनबाट आएको खोपबारे हामीलाई के थाहा छरु
भेरो सेल खोप चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्म नामक कम्पनीले उत्पादन गरेको हो र त्यसलाई डब्ल्यूएचओले मान्यता दिएको छ।

नेपालमा यसअघि चीनले अनुदानमा दिएको तथा चीनसँग किनिएको भेरो सेल खोप प्रयोग भइरहेको छ।

यो खोप निष्क्रिय विषाणुयुक्त खोप हो।

यो खोपले शरीरलाई कोरोनाभाइरससँग लड्ने एन्टिबडी उत्पादन गर्न उत्प्रेरित गर्छ।
यो खोपमा मृत भाइरस हुन्छ जसबाट मानिसमा कोभिड-१९ सर्दैन।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार लक्षणसहितका बिरामी र अस्पताल जानुपर्ने अवस्थामा सबै उमेर समूहका मानिसमा यो खोप ७९ प्रतिशत प्रभावकारी देखिएको छ।

यो खोप ६० वर्षमाथिका मानिसमा कति प्रभावकारी छ भन्नेबारे पर्याप्त अध्ययन नभएकाले अहिले भन्न नसकिने उसको भनाइ छ।

यद्यपि डब्ल्यूएचओले उक्त उमेर समूहलाई पनि यो खोप लगाउन मिल्ने जनाएको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनले एक अर्बभन्दा बढी चिनियाँ नागरिकमा यो खोप लगाइसकेको छ।
नयाँ भेरिअन्टमा चिनियाँ खोपको प्रभाव कस्तोरु
चीनमा निर्मित सिनोभ्याक र सिनोफार्म खोपबारे गरिएका अध्ययनमा सबैभन्दा पहिले चीनको वुहानमा भेटिएको भाइरसलाई आधार मानिएको छ।

त्यसपछि विकसित भेरिअन्टमा ती खोप कति प्रभावकारी छन् भन्ने स्पष्ट छैन।

प्राध्यापक कोलिङ सुरुको भाइरसमा देखिएको प्रभावकारिताको तुलनामा डेल्टा भेरिअन्टका लागि ुइन्याक्टिभेटिड खोपु २० प्रतिशत कम प्रभावकारी हुने अनुमान गर्छन्।

हङ्‌कङ विश्वविद्यालयका भाइरसविद् प्राध्यापक जिन दोङ(यान डेल्टासहित नयाँ भेरिअन्टका लागि चिनियाँ खोपको प्रभावकारिता कम हुने बताउँछन्।

तर अन्य कुनै पनि खोप नपाएका मानिसका लागि यी खोपहरू पनि उपयोगी हुने उनको धारणा छ।बिबिसीबाट

 

adb bank long