काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एक साताभित्र मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन् । उनले आज पार्टीको केन्द्रीय कार्यालय उद्घाटन त्यस्तो बताएका हुन । संघदेखि सातै प्रदेशमा नेकपा (एस)सत्तारुढ दलको रूपमा रहने उनको भनाइ छ ।
उनले आफ्नो पार्टीले सबै पार्टी र नेता उस्तै हुन भन्ने मान्यतालाई चिरेर नयाँ मानक स्थापित गर्ने बताए ।
“हामी सबै पार्टी र नेता उस्तै हुन् भन्ने मान्यता चिर्नेछौँ । हामी गफबाट होइन, जनतालाई अल्मल्याउने बोलीले होइन व्यहारले पुष्टि गर्नेछौँ । हामी यथार्थ कुरा गर्नेछौँ, सपनाको तरेलीमा, कल्पनाको उडानमा बग्दै जनतालाई अल्मल्याउन दशथरी कुरा गर्दै चल्दैनौँ,” नेपालले भने ।
नेता नेपालले नेपाली नमुनाको समाजवाद कस्तो हुनसक्छ भने र बौद्धिक छलफल गर्दै अघि बढ्ने बताए ।