nepal telicom

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको च्याम्पेयनसिप असोज ८ देखि काठमाडौमा हुने

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

काठमाडौ । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा प्रथम राष्ट्रिय प्रतियोगिता २०७८ आउदो असोज ८ गतेबाट काठमाडौमा हुने भएको छ ।
उक्त प्रतियोगितामा सातै प्रदेशका खेलाडीहरुले सहभागिता जनाउने संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जानकारी दिए । प्रतियोगितामा विभिन्न ४ विधामा प्रतियोगिता हुने पनि अध्यक्ष पाण्डेले बताए । फूल केन्पो,समी केन्पो,सेल्फ डिफेन्स केन्पो र खुकुरी काताअन्तर्गत विभिन्नदप्रतिस्पर्धामा खेल खेलाउने संघले जनाएको छ ।
ती सबै खेलहरु त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने बताईएको छ ।दुईदिनसम्म चल्ने उक्त प्रतियोगितामा फूल र सेमी केन्पोअन्तर्गत विभिन्न तौल समूहमा खेलाईने पनि संघले बताएको छ ।

adb bank long