चितवन । पहिरोका कारण अवरुद्ध भएको सडक खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो ।
बिहान पहिरो हटाएपछि सडक खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिएका छन् ।