देउवको गृहजिल्लाको अधिवेशनलाई रामचन्द्र पौडेलले मान्यता नदिने

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशनलाई मान्यता नदिन निर्वाचन समिति समक्ष माग गरेको छ ।

डडेल्धुरामा भदौ २५ गते भएको वडा अधिवेशन निष्पक्ष नभएको पौडेल समूहले ठहर गरेको हो । तल्लो तहबाट सिफारिस क्रियाशील सदस्य हटाउने र थप्ने काम आपत्तिजनक भएको पौडेलले बताए । कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा वडा अधिवेशन समेत अनिश्चित छ ।

देउवाको गृह जिल्लामा जिल्ला कार्यसमिति र वडा समितिले बहिष्कार गरेको पौडेलको भनाइ छ । यसले कांग्रेसको १४ औं महाधिवेशन निष्पक्ष हुनेमा आशंका उब्जिएको पौडेलले बताए । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सो समूहले यस्तो बताएको हो ।

पत्रकार सम्मेलनमा पौडेलले भने, ‘डडेल्धुरामा जसरी अधिवेशन गरियो, हामीले भेटेर भन्दा पनि नमानेर, राज्य सत्ताको प्रयोग गरेर, प्रहरी लगाएर, अप्रजातान्त्रिक तरिकाले निर्वाचन गरियो । त्यो अधिवेशनको शुरुवातमा देखिएको कुलक्षण हो । यसले महाधिवेशन निष्पक्ष हुन्छ भन्नेमा आशंका छ । फेरि चुनाव गराउनु पर्छ । हामीलाई ‘फेक’ चुनाव मान्य छैन । निर्वाचन समितिले मान्यता दिनु हुँदैन ।’

 

adb bank long