संसदको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

Telecom

काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट संसदमा लगातार भैरहेको अवरोधको समाधानका विषयमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका हुन ।

आज दिउँसो साढे २ बजे संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आफूले गरेको १४ जना सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेकपा एमालेका सांसदहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने अडान लिएको थियो । ‘हामीमा गरिएको अन्यायबारे प्रस्ट नपारेसम्म संसद् चल्न दिन्नौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । एमाले विभाजनमा भूमिका सभामुख सापकोटाले खेलेको एमाले नेताहरूले आरोप लगाएका छन ।

प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरी, नेता खगराज अधिकारी सभामुख सापकोटासँगको छलफलमा बसेका थिए । ‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रस्ट भन्यौं,’ भट्टराईले भने । सभामुख सापकोटाले विश्वासको वातावरण बनाउने बताएका थिए । तर, कानुनमन्त्री कार्कीले उच्च राजनीतिक तहमा नै यसबारे छलफल गरिनुपर्ने प्रस्ताव गरेका थिए । यसपछि सभामुख सापकोटाले उच्च तहमा संवाद अगाडि बढाउने बताएका थिए ।

 

adb bank long