Array
(
)

संखुवासभा हत्याकाण्डका आरोपी पक्राउ, प्रहरीले पत्रकार सम्मलेन गरी सार्बजनिक गर्दै

काठमाडौ । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले बताएको छ ।

आफन्तबाटै हत्या भएको प्रहरीले जनाएको छ । पक्रउ पर्नेमा लोकबहादुर कार्की रहेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् ।उनलाई भोली पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार हत्यारा स्थानीय बासिन्दा नै रहेका छन् । गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो ।

घटनामा स्थानीय चिनेजानेकै व्यक्तिको हात रहेको प्रहरीले अनुमान गरेको थियो । सोही आधारमा अनुसन्धान अगाडि बढाएको प्रहरीले स्थानीय कार्कीलाई पक्राउ गरेपछि घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।  रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।