एमाले सांसदको नाराबाजी र अवरोधबीच बजेटसम्बन्धी तीन विधेयक पारित

Telecom
काठमाडौ। प्रतिनिधिसभा बैठकले आर्थिक अध्यादेश स्वीकृत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई स्वीकृत गरियोस् भनि गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको नाराबाजीबीच अर्थमन्त्री शर्माले पेश गरेको आर्थिक अध्यादेश बहुमतले स्वीकृत गरेको हो ।
प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयकमाथि छलफल शुरू भएको छ । यसमध्ये आर्थिक अध्यादेश, २०७८ बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका छन् ।

प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले गरिरहेको अवरोधबीच सभामुख सापकोटाले प्रेम सुवाललाई आर्थिक अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव राख्न दिएका थिए । सुवालपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आर्थिक अध्यादेश, २०७८ लाई स्वीकार गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश विस्थापित गर्न वर्तमान सरकारले आर्थिक प्रतिस्थापन विधेयक ल्याउन लागेको हो । आज संसदमा आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र विनियोजन अध्यादेश स्वीकृत गर्न प्रस्ताव पेश हुँदैछ ।

adb bank long