nepal telicom

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आज स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ ।

स्थायी कमिटी बैठकमा चालु संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुनेछ । एमालेले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो । एमालेले आफूले कारबारी गरेका १४ सांसदलाई सभामुखले नहटाएको भन्दै संसद अवरुद्ध बनाएको छ । आज पनि प्रतिनिधिसभाको वैठक बस्दैछ ।

 

adb bank long