जननायक वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उनले स्व कोइरालाले परिकल्पना गरेको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल राजनीतिक मार्गचित्रले अझै सार्थकता पाउन नसक्नु गम्भीर समीक्षाको विषय बन्नुपर्ने बताएका हुन ।
महामन्त्री डा. कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशने प्रक्रिया सञ्चालन भइरहेको अहिलेको महत्वपूर्ण समयमा स्व कोइरालाको स्मरण गरिरहँदा पार्टीलाई थप एकता, विश्वास एवम् लोकतान्त्रिक अभ्यासको बाटोमा अग्रसर गराएर मुलुकको राजनीतिलाई सहि गति दिँदै ‘सुखी र समृद्ध नेपाल’ निर्माण गर्न सकेमात्र उहाँप्रति श्रद्धाञ्जलि हुने बताए ।