काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को पहिलो पटक संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा बुधबार २ बजे बैठक बस्न लागेको हो ।
बुधबार ४ बजे शुरु हुने प्रतिनिधि र राष्ट्रिय सभा गरी दुवै संसद्को बैठकमा रणनीति बनाउन बैठक बस्न लागेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।
योबीचमा एकीकृत समाजवादी संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी संसदको चौथो ठूला दलका रुपमा उदाएको छ । उक्त पार्टीसँग प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभामा ८ जना सांसद छन् ।