मुख्यमन्त्री शाक्यले १० जना मन्त्री थप्दै, कोको हुँदैछन् मन्त्री ?

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीपरिषद बिस्तार गर्न लागकेी छिन् । प्रदेश सरकारले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको हो ।

आधिकारिक रुपमा एमाले विभाजन भएर अल्पमतमा पर्न लागेको सरकारले आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागेको हो।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नियुक्त भएको २१ दिन भइसक्दा पनि सरकारले पूर्णता पाउन सकेको थिएन। स्रोतको अनुसार मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री गरि ९ जना मन्त्री थप्ने तयारी गरेकी छिन्।

आज राज्यमन्त्रीसहित ९ जना मन्त्री नियुक्त गरेर शपथ ग्रहण गर्ने तयारी गरिएको स्रोतको दाबी छ। शाक्यले मुख्यमन्त्रीको शपथ लिएपछि दुई जनालाई मन्त्रीमा नियुक्त गरेकी थिइन्। तर उनले नियुक्त गरेको सामाजिक विकास मन्त्री कृष्ण खनालले नेकपा एकीकृत समाजवादी रोज्दै पदबाट राजीनामा दिएका थिए। हाल बागमती प्रदेशमा दुई सदस्यीय मन्त्री मण्डल छ। आज १० जना थपिएसँगै १२ सदस्यीय हुने छ। यी हुन आज मन्त्री बन्दै गरेका प्रदेश सांसदहरु :

१. अजय क्रान्ति शाक्य, काठमाडौं

२. चन्द्र लामा, काभ्रेपलान्चोक

३. रचना खड्का, दोलखा

४. शान्तिप्रसाद पौडेल, रामेछाप

५. प्रदीप कटुवाल, सिन्धुली

६. विजय सुवेदी, चितवन

७. सरस्वती बाटी, भक्तपुर

८. बद्री मैनाली, नुवाकोट

९. जुनेली श्रेष्ठ, मकवानपुर

१०. जीवन खड्का, ललितपुर

adb bank long