बारा । नेपाल केन्पो खुकुरी मार्शल आर्टस् संघको आयोजनामा प्रदेश २ को बारा जिल्ला सिमरामा तेस्रो भेला हुने भएको छ । भेला यही भदौ २८ तेस्रो भेला हुन लागेको हो ।
भेला सम्यक होटेल सिमराको सभाहलमा हुने भएको छ। भेलाको लागि आठ वटै जिल्ला बाट २÷२ जना प्रतिनिधि सहभागिता रहने बताईएको छ।
देशका सातै प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा संघलाई पु¥याउने लक्ष्यका साथ सांगठनिक कार्यलाई संघले जोड दिएको छ ।
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ स्थापित यस संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आबद्ध भई संघले आफ्नो गतिविधिलाई अगाडी बढाएको छ ।