काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एस)दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आज सुनुवाई हुने भएको छ ।
निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको सो रिटेको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ ।
एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले गत बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए ।
एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।