nepal telicom

जोगीमारामा पहिरो खस्दा मुग्लिन-नौबिसे सडक अवरुद्ध

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

चितवन । जोगीमारामा पहिरो खस्दा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा मंगलबार बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिए। पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उनको भनाइ छ।

 

adb bank long