दानबाट प्राप्त अस्पताल निर्माणको जग्गामा जनप्रतिनिधिको रजाई

Telecom

बर्दिया । स्थानिय तहका जनप्रतिनिधिले नसोचेको तरिकाले कसरी  भ्रष्टाचार गर्दछन भन्ने उदाहरण बर्दियाको बारबर्दिया नगरपालिकामा देखिएको छ ।

नगरकार्य पालिका सदस्य एंव वन वातावरण तथा विपत व्यवस्थापन समिति संयोजक टेकबहादुर विश्वकर्माले नसोचेको जग्गा लिदै घर समेत निर्र्माण गरेको पाइएको हो । बारबर्दिया नगरपालिकाले सिकेल सेल अस्पताल निर्माणको लागी जग्गा दाता भेटाएपछि पुर्व पश्चिम राजमार्ग संग जोडिएको रम्भापुर देखि नगरपालिका भएको कार्यालय जयनगर बजारको बाटोदेखि करिब २ सय मिटर उत्तर पश्चिममा  जग्गादाताले अस्पताल निर्माणको लागी दिएको जग्गा बाहेक सो खेतमा बाटो निकासी गराइदिए बाफत जग्गा धनिले सो इच्छाले जति दिएपनि हुने हिसाबले करिब २ कठठा जमिन टेकबहादुर विश्वकर्माको नाममा नाम सारी गरिदिएको पाइएको हो ।

सो दुइ कठठा घडेरी मध्ये अहिले १ कठठा जमिनमा टेकबहादुर विश्वकर्माले घर निर्माण गरेका छने भने बाकि जग्गा नगर प्रमुख दुर्गाबहादुर थारु कविरको श्रीमति रेखा थारुको  नाममा नामसारी गरिएको पाइएको हो । साथै टेकबहादुर विश्वकर्माले सो घर निर्माणका लागी चाहिने सामाग्री कुमार जेभि अर्थात रम्भापुर गुलरिया हुदै रजनहवा सम्म सडक निर्माण गरिरहेको कम्पनीले ढुंगा, बालुवा , गिटटी तथा सीमेन्ट सहयोग गरेको स्थानिय वासीहरुको भनाई रहेको छ । साथै विश्वकर्माले घरको लागी चाहिने झयाल ढोका पनि जयनगरमा रहेको पुरानो स्वास्थ्य कार्यालयको भवन भत्काउदा राखिएको ल्यायर लगाएका हुन । यसरी सरकारी सम्पत्ती लिलाम प्रकृयामा जाने सिस्टम भएपनि विश्कर्माले आफैले लगेको बुझिएको छ ।

अस्पताल निर्माण हुने भएपछि जग्गा दाताले सो क्षेत्रमा करिब १ विघाहा जमिन नगरपालिकालाई उपलव्ध गराएका हुन सो कार्यको भुमिका निमाएका टेकबहादुर विश्वकर्माले अस्पतालजाने बाटोमै अस्पताल नजिकै वक्सिसमा सो जमिन पाएको बताइएको भएपनी जग्गा दाता तुलाराम शर्मा रिजालले भने सहुलियत दरमा विक्रि गरेको बताउनु भयो ।

स्थानिय तहका रहेका जनप्रतिनिधिहरु बाट यो खालको अपेक्षा नगरिएको अवस्थामा बार्गेनिङ्घ गरेर जग्गापास गरिएको हुदा यो विषयमा आफुहरुपनि बोल्न बाध्य भएको नेकपा एमालेका जिल्ला सचिव पदम ढकालले बताउनु भयो । साथै उहाले यो जनप्रतिनिधिको लुट भएको हुदा तत्काल छानविन हुनुपर्ने बताउनु भयो । नेपाली काग्रेसका नगरसभापती हरीप्रसाद गीरीले जन प्रतिनिधिले मनोमानि गरिरहेको जग जाहेर भएको विषय भएको हुदा यस विषयमा छानविन हुनुपर्ने बताउदै अस्पतालको निर्माणको नाममा बक्सिस अर्थात उपहारमा पाएको जमिन  भ्रष्टाचार हुने भएको हुदा भ्रष्टाचार मौलाउदै गएको बताउनु भयो ।

यता नगरकार्य पालिका सदस्य एंव वन वातावरण तथा विपत व्यवस्थापन समिति संयोजक टेकबहादुर विश्वकर्माले भने आफुलाई राजनितिक पुर्वाग्रही सोचका साथ उक्त आरोप लगाइएको बताउनु भयो । हिमालय टाईम्सबाट

adb bank long