nepal telicom

वर्तमान सरकारलाई कुपोषण लागेको छ : महेश बस्नेत

स्वास्थ्य सूचना

सिमरा । नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको सरकारलाई कुपोषण लागेको बताएका छन् । उनले हिजो जितपुर सिमरामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले त्यस्तो भनेका हुन ।

जितपुर सिमरा उपमहानगरपालिकामा हिजो विभिन्न पार्टी परित्याग गरी एक सय ६५ जना युवाहरु नेकपा एमालेमा प्रवेश गरेका थिए । कार्यक्रममा लामो समयदेखि स्वतन्त्र रुपमा रहेका समाजसेवाी राजु गिरीले आफू अब नेकपा एमालेलाई स्थानीय तहमा सकृय बनाउनका लागि भूमिका खेल्ने बताए । नवप्रबेसीलाई कार्यक्रमका प्रमुख अतिथि रहेका बस्नेतले अबिर र मधेसी पहिचान गम्छा ओधाएर प्रवेश गराएका थिए ।No description available.

कार्यक्रममा बस्नेतले अहिलेको सरकारको गठबन्धनमा रहेका माधवकुमार नेपाल, पुष्प कमल दाहाल(प्रचण्ड) र शेरबहादुर देउवाको साथगाँठलाई मापसे सरकारको संज्ञा दिदै यो सरकारले जनताको भावनालाई प्रतिनिधित्व गर्न नसकन्े बताए । उनले जितपुरमा जस्नै देशैभर एमालेको जनलहर भएका कारण परमाधेशबाट हटाईएको एमालेको सरकार जनादेशबाट प्राप्ति हुने पनि बताए ।

नेकपा एमाले जितपुरका पुराना नेता मोजाहिर अंसारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य अच्युत मैनाली,ज्वाला शाह, बलबिर चौधरी, प्रदेश २ का प्रदेशसभा सदय त्रिलोकी चौधरीलगायतको उपस्थिति रहेको थियो ।

adb bank long