काठमाडौ । एमसीसीको विरोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिहान महाराजगन्जस्थित दूतावास अगाडि प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज राष्ट्रिय अभियान’ का १० जनालाई पक्राउ गरेको हो ।
‘एमसीसी खारेज राष्ट्रिय अभियान’को नामबाट युवाहरु प्रदर्शनमा उत्रिएका थिए। उनीहरुलाई तत्कालै प्रहरीले नियन्त्रणमा लिएको थियो। एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा छलफल गर्न आगामी साता नेपाल आउने भएका छन्।
नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउनेरनगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै छैन। ५ सय मिलियन अमेरिकी डलर अनुदानको परियोजना अघि नबढेपछि अमेरिकाले उच्च चासो व्यक्त गर्दै आएको छ। यता एमसीसी बिरोधी अभियन्ताहरुले आफ्नो सकृयता बढाएका छन् ।