nepal telicom

शेरबहादुर देउवाले महेश बस्नेतलाई चुनौति दिदै मलाई हैन दुर्लभ थापालाई हराएर देखाउनुस भनेपछि…

स्वास्थ्य सूचना

काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नभई भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउन एमाले सांसद महेश बस्नेतलाई चुनौति दिएका छन् ।

उनले भक्तपुरमा वडा अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् । ‘बस्नेतजीले मलाई होइन, भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्’, देउवाको भनाइ थियो ।

केही अघि एमाले नेता महेश बस्नेतले भक्तपुरमा शेरबहादुर देउवालाई चुनावमा उठाए आफू लड्न तयार रहेको बताएको प्रति लक्षित गर्दै देउवाले भक्तपुरका पार्टी सभापति दुर्लभ थापालाई हराएर देखाउन चुनौति दिएका हुन् । भदौं पहिलो साता बस्नेतले भक्तपुरमा कांग्रेसका सभापति शेरबहादुर देउवालाई उठाए पनि आफूले सहजै रुपमा विजय हासिल गर्ने दावी गरेका थिए । बस्नेतले आगामी निर्वाचन पछि भक्तपुरमा कांग्रेसलाई सिला खोज्नुपर्ने अवस्था आउने चेतावनी समेत दिएका थिए ।

 

adb bank long