काठमाडौ । नेकपा एमाले नेतृ तथा पूर्वमन्त्री पद्मा अर्यालमाथि निरन्तर प्रहार भैरहेको छ । माक्सवादका अनुसार जब विपक्षीहरुको प्रहार वा निशाना तब तिमी ठिक ठाउँमा उभिएका हुनेछौ, जब विपक्षी वा शत्रुले तिम्रो प्रशंसा गर्न थाल्यो भने बुझ्नु तिमी गलत बाटोमा छौ । माक्सवादी सिद्धान्तको कुरा गर्ने हो भने नेतृ अर्यालले राम्रो गरेको कारण प्रहार भैरहेको निश्चय नै हो । एउटा महिला घरपरिवार,समाजसँग संघर्ष गर्दै राजनीतिमा होमिएकी अर्याल नेपालको महिला आन्दोलनमा एउटा संघर्षको गाथा हो । गाउँदेखि नै संघर्ष गर्दै नेकपा एमाले स्याङ्जाको पार्टी अध्यक्ष बन्ने कुरा चानचुने होइन । शून्यप्रायः जिल्ला नेतृत्व थियो महिलाको । त्यो अवस्थामा नेपाली कांग्रेसका बरिष्ठ नेता गोपालमान श्रेष्ठको दबदबा, त्यसमाथि स्याङ्जाका भैसी पनि कांग्रेस भन्ने जमाना थियो त्यसबेला । त्यो कठिन परिस्थितिमा जिल्लाको नेतृत्व सम्हाल्दै केन्द्रीय तहमा उदयीमान नेतृ अर्याल तिनै कांग्रेसका बलिष्ठ नेता,पटक पटक मन्त्री भएका र शक्ति तथा पैसा भएका गोपालमान श्रेष्ठ लाई हराउदै सांसद बनेपछि चर्चा केन्द्रीय तहमा हुनथाल्यो ।
चाहे जिल्ला नेतृत्वमा रहदा होस वा केन्द्रीय तहमा, नेतृ अर्याल भविष्यको आशालाग्दो नेताको पहिचान बनाउदै सन्देश प्रबाह हुन थाल्यो । चाहे स्वास्थ्य राज्यमन्त्री हुँदा होस वा भूमि व्यवस्था वा कृषिमन्त्री हुँदा होस नेतृ अर्याल सफलताको शिखरतिर लम्किरहिन । कसैको आर्शिवाद वा टपक्क टिपेर होइन, प्रतिस्पर्धा र कामले गर्दा । स्वास्थ्य राज्यमन्त्री हुँदा अस्पतालहरुको सुधारदेखि सुरक्षित मातृत्वका कार्यक्रमदेखि वीर अस्पतालको सरसफाई मात्र होईन दुर्गम वस्तीका महिला सुत्केरी हुँदा उपचारको अभावमा ज्यान गुमाउनुपरेको कहालीलाग्दो अवस्थामा राष्ट्रपति महिला उद्धार कार्यक्रम शुरुवात गर्दै हेलिकप्टरमार्फत उपचार गराउने व्यवस्था तत्कालीन मन्त्री अर्यालको योगदान रह्यो । भूमिव्यवस्था मन्त्री हुँदा नेपालको नयाँ नक्सा सार्वजनिक देखि आफ्नै साधन,श्रोत र जनशक्तिमा सगरमाथाको उचाई नाप्ने जस्ता ऐतिहासिक कार्यले नेतृ अर्याल प्रत्येक नेपालीको मनमनमा बस्न सफल भएकी छन् । कृषिमन्त्री हुँदा रसायनिक मलको व्यवस्थापनदेखि किसानका समस्या समाधान गर्न र किसानक नाममा भएका वेथितिको अन्त्यका लागि प्रयत्न गरिन । स्वास्थ्यमन्त्री हुँदा सरुवामा हुने आर्थिक चलखेलको अन्त्य गर्दै स्वास्थ्यसेवा विभागको महानिर्देशक डा. गुणराज लोहनीलाई नियुक्त गर्दा स्वास्थ्यका कर्मचारीहरुले प्रशंसा गरेका थिए । महानिर्देशक मात्र होईन महाशाखाका प्रमुखहरुको सरुवामा पपनि पारदर्शी भएको कुरा अहिले पनि स्वास्थ्यका कर्मचारीले चर्चा गर्छन । जबकी अहिले सरुवामा अनेक कुराहरु आईरहेका छन् ।
स्वास्थ्य मन्त्रालयमा मात्र होईन भूमि व्यवस्था मन्त्रीभएपछि मालपोत र नापी विभागको महानिर्देशक बन्न मोटो थैली बुझाउने परम्पराको अन्त्य गर्दै तुलनात्मक योग्य ब्यक्तिलाई स्थान दिएको अहिले पनि कर्मचारीहरु चर्चा गर्छन । अहिले सचिवमा बढुवा भएका गोकर्णमणी डुवाडी मालपोत विभागको महानिर्देशक र प्रकाश जोशीलाई नापी विभागको महानिर्देशक बनाउँदा सबैले प्रशंसा गरेका थिए । त्यस्तै नापी र मालपोतमा हुने वेथिति रोक्न कार्यालयलाई डिजिटल प्रविधिमा लैजादा र जग्गा रजिष्ट्रेसन गर्दा ठूलो र अव्यवहारिक कागजात व्यवहारिक र सानो छरितो बनाउदा बिचौलियाहरु तत्कालिन मन्त्री अर्यालबिरुद्ध खनिएका थिए । त्यस्तै सरकारी र सार्वजनिक जग्गखोजतलास गर्दा भूमाफियाको आँखाको कसिंगर भएकी थिईन मन्त्री अर्याल ।
अहिले पनि केही बिचौलिया,भूमाफियाले निरन्तर नेतृ अर्यालमाथि प्रहार गरिरहेका छन् । विचौलिया र माफियाको इशारामा चलेका कारण अहिले पनि पूर्वमन्त्री अर्यालमाथि ती तत्वले प्रहार गर्न छाडेका छैनन् । त्यस्तै नेपालको नयाँ नक्सा सार्वजनिक गरेको पनि कतिपयलाईचित्त बुझेको छैन । मन्त्री हुँदा राम्रो काम गरेका कारण सफल बनेको उनलाई प्रतिस्पर्धी सम्झनेहरुले पचाउन सकेका छैनन् । त्यसैले उनको बदनाम गर्न एउटा तत्व अहिले पनि ज्यान फालेर लागिरहेको छ । पछिल्लो पटक गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा वा कित्ताकाट फुकुवा प्रकरणमा भूमाफियाको डिजाईनमा पूर्वमन्त्री अर्याललाई बद्नाम गर्न खोज्दैथिए । जबकी गिरीबन्धु जग्गा प्रकरणमा पूर्वमन्त्रीअर्यालको कुनै संलग्नता छैन । गत पुष महिनामा मन्त्री अर्याल भूमिव्यवस्था मन्त्रालयबाट कृषि मन्त्रालयका जिम्मेवारी सम्हाल्न पुगेकी थिईन, त्यस सम्बन्धि निर्णय त्यसको पाँच महिनापछि गत वैशाखमा निर्णय भएको हो । यसैबाट देखिन्छ कि अर्यालको संलग्नता नरहेको ।उनीमाथि विपक्षीहरु त लागिरहेकी छन् । अहिले नेकपा एमाले विभाजन भएपछि एमालेबाट छुट्टिएर गएकाहरु पनि उनीमाथि खनिन थालेका छन् ।