nepal telicom

पाँच एआईजीको सरुवा को -कहाँ

स्वास्थ्य सूचना

काठमाडौ। नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरिएको छ ।

यसरी सरुवा हुनेहरुमा एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको हो ।

त्यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । त्यसैगरी एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखका रूपमा थमौती गरिएको छ ।

 

adb bank long