काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन्।
आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफूहरु सरकारमा जाने बताएका हुन । उनले भने- कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउँछ ।
गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको उनले जानकारी गराए । गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको भन्दै उनले सरकार सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताए ।