माधव नेपालले खोले फायर भने- भदौ २३ सम्म कोही चुईक्क बोल्दैनन्

Telecom

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भदौ २३ गतेसम्म त मन्त्रिपरिषद विस्तारका बारेमा कसैले चुइँक्क पनि नबोल्ने बताएका छन्। त्यसबारेमा अहिले केही चर्चा हुँदैछ। उनले भने -हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं’।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्दै नेपालले यस्तो बताएका हुन । सो अवसरमा बोल्दै नेपालले भने- ‘केपी ओली जसरी पनि टाङ मुनी छिराउने र हुर्मत लिने पक्षमा छन्। ओलीले आफूले गरेको गल्तीको आत्मालोचना गर्ने कुनै कुरा छैन। ओली सुध्रिने मान्छे होइन।’
अध्यक्ष नेपालले ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरूलाई आग्रहसमेत गरे।

‘ओली र उहाँका मान्छेहरुले दश बुँदे सहमतिको भ्रमपूर्ण व्याख्या गरिरहेका छन्। त्यसको भ्रममा नपरी हाम्रो पार्टीमा आउनुहोस्’ उनले भने।

आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि उनले दोहोर्‍याए। नेपालले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराए।

 

 

adb bank long