nepal telicom

पोखरामा पहिरोले पुरिएर तीनको मृत्यु, पाँच घाईते

राष्ट्रिय बाणिज्य बैंक
स्वास्थ्य सूचना

पोखरा । पोखरामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । १ बालक बेपत्ता भएका छन् भने ५ घाइते भएका छन् ।

कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता भएका छन् भने अर्का ९ वर्षीय छोरा राजकुमार घाइते भएका छन् ।
त्यस्तै पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालले बताए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि डिस्चार्ज भएकी छिन । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरी मामाको घरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखरा–११ बसेरीमा एक घर पहिरोमा पुरिँदा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरीश घाइते भएका छन् ।

 

adb bank long