सभामुख र निर्वाचन आयोगविरुद्ध एमालेद्वारा दायर रिटमा सर्वोच्चले तोक्यो शुक्रबारलाई पेसी
Koseli Khabar
वि.सं.२०७८ भदौ १६ बुधवार
301 shares
काठमाडौ । आसन्न १४ औं महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता आज (बुधबार) पनि छलफलमा बस्दै छन् ।पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार पार्टीको क्रियाशील सदस्यताबारे छलफल गर्न छानबिन समितिका सदस्यलाई अहिले बिहान ९ साढे बजेका लागि नेता पौडेलको निवास (बोहराटार) मा बोलाइएको हो ।मंगलबार बोहराटारमै साझा उम्मेदवार तय गर्नेबारे इतर समूहबाट सभापतिका आकांक्षीबीच छलफल भएको थियो । तर ठोस निष्कर्ष निस्कन सकेन । तसर्थ आज दिउँसो आज २ बजे फेरि आकांक्षीबीच पनि छलफल हुने बताइएको छ ।