‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदुषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले भने,’ ‘स्थानीय समस्या भए हामी समाधान गर्छौ । हामीले समाधान गर्न नसक्ने समस्या सम्बन्धित निकायसँग पहल गर्छौ । तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन ।’
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए । ‘बैठकले मोटामोटी तीन–चार वटा निर्णय गरेको छ,’ पराजुलीले भने, ‘पहिलो निर्णय नै काठमाडौँ उपत्यकाको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठाउने भयो ।’
मेयर शाक्यका अनुसार २०६२ सालदेखि काठमाडौंको फोहोर सिसडोलमा व्यवस्थापन गर्ने गरिएको छ । त्यसको सबै जिम्मेवारी सहरी विकास मन्त्रालयको भएको उनको भनाइ छ । ‘काठमाडौं महानगरपालिकाको जिम्मेवारी भनेको त्यहाँ लगेर फोहोर व्यवस्थापन गर्ने मात्रै हो,’ उनले भने ।