प्रधानमन्त्री देउवाको आग्रह : तेस्रो लहरका लक्षण देखिन थाले, सतर्क रहनू

Telecom

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस महामारीको तेस्रो लहर छिट्टै सुरु हुने लक्षण देखिएको भन्दै सबैलाई सतर्क रहन र सावधानी अपनाउन आग्रह गरेका छन् ।

सरकारको प्रयासले मात्रै महामारीविरुद्ध लड्न नसकिने भन्दै उनले सबै नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने सुझाव दिए । शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले सबैलाई सचेत गराएका हुन् ।

उनले भिडियो मार्फत् सबै नागरिकलाई अत्यावस्यक अवस्थामा मात्रै घर बाहिर निस्कन आग्रह गरेका छन् । साथै मास्क लगाउन र भौतिक दूरी कायम गर्न आग्रह गरे ।यस्तै कोरोना नियन्त्रणका लागि प्रभावकारी माध्यम खोप नै रहेको भन्दै उनले खोप लगाउने क्रममा स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरे ।

ूकोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरु हुने लक्षण देखिन थालेका छन् । सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारीसँग लड्न सम्भव छैन । हामी सबै मिलेर मात्र यो महामारीलाई पार लगाउन सकिन्छ,ू प्रधानमन्त्री देउवाले भिडियो सन्देशमा भनेका छन्, ूयो महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम खोप हो । अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी छ । खोप लगाउन जाँदा सामान्य दूरी कायम गरेर लाइनमा बस्न सबैलाई अनुरोध गर्दछु ।ू

यसवाहेक राजनीतिक दल तथा निजी क्षेत्रहरुलाई पनि भेला हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर आफ्नो पेशा व्यवसाय तथा अन्य गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् ।

 

adb bank long