काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय समितिको वैठक अहिले बुद्धनगरमा बसिरहेको छ ।
केन्द्रीय समितिको वैठकमा केन्द्रीय सदस्यहरु बोल्ने क्रम जारी नै रहेको छ । उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सम्मानजनक ठाउँ नदिए बिद्रोह गर्नेसम्मको बिचारहरु आईरहेको छ ।
उनीहरुले ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अडान समेत राखेका छन् । माधव पक्षीय केन्द्रीय सदस्य मेटमणि चौधरीका अनुसार ओलीले माफी नमागेसम्म एमाले एकतामा जान नहुने अडान नेताहरुले राखेका थिए ।
अर्का केन्द्रीय सदस्य निरज आचार्यले ओलीले एक हप्ताभित्र सार्वजनिक रुपमा माफी नमागे एकता नहुने बताए । उनले ओलीलाई ‘एक हप्ताभित्र तिमी सार्वजनिक रुपमा माफी माग र पार्टी एकताका लागि वातावरण बनाऊँ भनेका छौँ’, उनले भने, ‘यदि त्यसो नभएम हाम्रो विचार समूहले तलसम्म कमिटी बनाउने छ । सरकारमा जान पनि आवश्यक तयारी गर्ने कुरा बैठकमा उठेको छ । तर यो भनेको पार्टी एकता बन्द भएको होइन ।