nepal telicom

शशाङ्क कोईरालाले भने भदौमा महाधिवेशन हुँदैन

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेसको महाधिवेशन भदौमा नहुने बताएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताएका हुन ।

नेपाली काँग्रेसको आगामी भदौमा १८ देखि १९ सम्म १४ औँ महाधिवेशन तोकेको छ ।
कोरोलाले आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुने बताए । पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै उनले यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए । काँग्रेसको महाधिवेशन छिटो हुनुपर्नेमा आफूहरुको माग रहेको उनले जानकारी दिए ।

 

उनले भने पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटामात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ । उनले आफू मन्त्रिमण्डलमा सहभागि नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने बताए ।

adb bank long