Array
(
)

सम्मानजनक अवस्था भए मात्र पार्टी एकता हुन्छ : नेपाल

काठमाडौ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सम्मानजनक व्यवहार गरे मात्र पार्टी एकता हुने जनाउ दिएका छन् ।

आज नेपाल पक्षका केन्द्रीय सदस्यहरुको वैकठकले उक्त निर्णय गरेको हो । नेता नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् । नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट जिकिर गरेका छन् ।

नेता नेपालले बैठकमा बोल्दै भने म एकताकै पक्षमा छु । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन तर सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार म बन्नुपर्ने हुन्छ ।’