माधव नेपाल समूहको वैठक आज बस्दै

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको वैठक आज बस्दैछ । नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बस्ने भएको हो ।

आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् ।

कांग्रेस सभापति देउवालाई विश्वासको मत नदिएका एमालेको नेपाल पक्षका नेताहरू सरकारमा जान नहुने अडानमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दबाब दिइरहेका छन् । यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न नेपाल समूहले आज केन्द्रीय कमिटी बैठक डाकेको हो ।

नेपाल समूह सरकारमा सहभागी भए नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी अर्थात ६, ६ वटा मन्त्रालय बाँड्ने तयारी भएको छ । यसअनुसार जसपाले ४ तथा कांग्रेसले ८ मन्त्रालय पाउने देखिन्छ ।

adb bank long