आजदेखि उपत्यकामा फेरी निषेधाज्ञा, भिडभाड गर्न नपाईने

काठमाडौ । आजदेखि फेरी काठमाडौमा निषेधाज्ञा शुरु भएको छ । कोरोना महामारी उग्र रुपमा देखा परेपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौ उपत्यकामा निषेधाज्ञा जारी गरेको हो । अहिले कोरोना बिरामीले अस्पतालका शैँया सबै भरिभराउ रहेको छ ।
कोरोनाको सङ्क्रमण बढ्न थालेकाले आज २१ गतेदेखि २७ गतेसम्म एक हप्ताका लागि निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

अब तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्न पाइने छ ।

 

यसअघि यस्ता कार्यक्रम २५ जना भन्दा बढी भेला नगराइ गर्न पाइन्थ्यो । तर, यसको पालना भने हुन सकेको थिएन ।

 

स्वास्थ्य मापदण्डको पालना नभएकै कारण संक्रमण फेरि बढेको भन्दै भीडभाडजन्य गतिविधि रोक्न भनिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।

 

त्यसैगरी कोरोनाको लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई एन्टिजेन तथा पीसीआर परीक्षणका लागि सम्बन्धित पालिका, जिल्ला अस्पतालमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

 

adb bank long